Rule 3
२ सहयोग समितिको काम, कर्तव्य र अधिकार
:
३.२.१ संरक्षित स्मारक क्षेत्रमा रहेका प्राचीन स्मारकको संरक्षण, संरक्षित स्मारक क्षेत्रको वातावरणको संरक्षण, सरसफाई तथा स्याहार सम्भारको काममा सहयोग गर्नु सहयोग समितिको कर्तव्य हुनेछ ।
३.२.२ संरक्षित स्मारक क्षेत्रको मौलिकता तथा प्राचीनता कायम राख्ने सम्बन्धमा र तत्सम्बन्धी अन्य विषयमा समेत पुरातत्व विभागलाई आवश्यक परामर्श दिनु समितिको कर्तव्य हुनेछ ।
३.२.३ आफ्नो कार्य सुचारु रूपले सञ्चालन गराउन सहयोग समितिले आफ्ना सदस्यहरू मध्येबाट विभिन्न उपसमितिहरू गठन गर्न सक्नेछ ।
३.२.४ उपनियम ३.२.३ बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य र अधिकार सहयोग समितिले तोकिदिए बमोजिम हुनेछ ।